अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा पहिलो सार्वजनिक सुनुवाइ हुने

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते ८:३६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोगका सम्बन्धमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइ हुने भएको छ । अमेरिकी कंग्रेसको डेमोक्रेट सांसदहरुले राष्ट्रपति ट्रम्पलाई पदवाट हटाउन खोज्ने अनुसन्धानमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइको घोषणा गरेका हुन् । यसका लागि तीनजना राज्य विभाग अधिकारीहरु पहिलो साक्षीका रुपमा उपस्थित हुने छन् । हालसम्म तीनवटा मुख्य समितिकाका सदस्यहरुले उनीहरुको बयान सुनिसकेका छन् ।

महाअभियोग छानविन केन्द्रले राष्ट्रपति ट्रम्पले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिस्पर्धी जो बाइडेनविरुद्ध छानविन गर्न दबाव दिएको आरोप लगाउँदै आएको छ ।राष्ट्रपति ट्रम्पले भने शक्तिको दुरुपयोग नगरेको जिकिर गर्नुभएको छ । अमेरिकी कंग्रेसले गठन गरेको छानविन समितिका सभापति एडम शिफले संचारकर्मीहरुसँग कुरा गर्दै ट्रम्प विरुद्धको महाअभियोगको प्रस्ताव बलियो बन्दै गएको दाबी गर्नुभएको छ । उहाँले विगत एक बर्षमा राष्ट्रपति ट्रम्पले खराव उद्देश्य पुरा गर्न राजनीतिक प्रतिस्पर्धीविरुद्ध चालेका कदमको बारेमा खोजविन गरिरहेको बताउनुभयो ।

यसका लागि को–को सरकारी अधिकारीहरु प्रयोग भएका थिए भन्नेबारे पनि जाँच गरिरहेको उहाँको भनाइ थियो । क्यापिटल हिलमा गरिने सुनुवाइको प्रत्यक्ष प्रशारण हुने छ । जहाँ डेमोक्रेट र रिपब्लिकन सांसदहरुले साक्षी भनिएकाहरुलाई प्रश्न गर्ने छन् । सार्वजनिक सुनुवाईमा युक्रेनका लागि अमेरिकी बहालवाला राजदूत, पूर्व राजदूत र विदेशमन्त्रालयमा कार्यरत एक अधिकारीलाई बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू