अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन माग

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते ८:३६ मा प्रकाशित

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् । हरेक महिला पुरुषलाई जस्तै तेस्रोलिङ्गी समुदायलाई पनि आफूले चाहेको जीवनसाथी रोज्न पाउने र घरबार गर्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले सरकारसंग आग्रह गरेका हुन् ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालमा नीलहिरा समाजको आयोजना तथा मधेश मानवअधिकारको सहयोगमा बुधबार बुटवलमा गरिएको प्रदेशस्तरीय नीतिगत बहसमा सहभागी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरुले तेस्रोलिङ्गीलाई विवाहको कानूनी मान्यता नहुँदा एक्लै जीवनयापन गर्नुपरेको गुनासो गरेका हुन् ।

सो अवसरमा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नील हिरा समाजका रुपन्देही अध्यक्ष आनिक रानाले इच्छ्याएको र चाहेको व्यक्तिसँग जीवनयापन गर्ने व्यक्तिको अधिकार भएकाले तेस्रोलिङ्गीलाई पनि यो अधिकार दिलाउन माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू