अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

अनशसरत डा. केसीको स्वास्थ्यमा समस्या देखियो

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते ८:३४ मा प्रकाशित

चिकित्सा क्षेत्र सुधारसहितका सात बुँदे माग राख्दै डडेल्धुरामा अनशसरत डा. गोविन्द केसीको अनशन आज चौथो दिनमा प्रवेश गरेको छ । विगतमा आफूसँग भएका सम्झौता पालनामा सरकार इमान्दार नदेखिएको भन्दै त्यसको पालना हुनुपर्ने लगायतका माग सहित उहाँ अनशन बस्नुभएको हो ।

चिकित्सा शिक्षाका विकृति विसंगति अन्त्य गर्नुपर्नेमा सरकार उल्टै त्यसको पक्षपोषणमा लागेको भन्दै डा. केसीले डडेल्धुराबाट सत्रौँ सत्याग्रह थाल्नुभएको थियो । चिकित्सा शिक्षा आम मानिसको पहुँचमा पुग्न नसकेको र कलेज संचालकले विद्यार्थीहरुबाट तोकिएकोभन्दा बढी शुल्क असुल्दा पनि सरकार मुकदर्शक बनेर बसेको भन्दै दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उहाको माग रहेको छ । यसैबीच, अनशनरत् डा. केसीको स्वास्थ्यमा केही समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू