अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

नासाले सम्मान गर्‍यो नेपाली वैज्ञानिक रश्मिलाई

अनिल अधिकारी २०७६ कार्तिक २० गते ९:३८ मा प्रकाशित

अमेरिका: नेपालको धनुषा जिल्लामा जन्मिएकी डाक्टर रश्मि साह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित भएकी छन् । हाल अमेरिकामा रहेकी साहलाई नासाले अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडलबाट सम्मानित गरेको हो ।

साह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिष्टका रूपमा कार्यरत छिन् । सन् २०१४ मा पर्ड्यु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पिएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् ।

नासाका कुनै कर्मचारीले नासामा आबद्ध भएको पहिलो १० वर्षमा नासाको मिसनका लागि असामान्य तथा अत्यन्तै महत्त्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गर्ने गरिन्छ । साहले नासामा आबद्ध भएको ५ वर्षमै महत्त्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् ।

साहले माटोको मोस्चर मापन, आद्र्रभूमि, हिउँको गहिराइ र समुद्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान दिएकी थिइन् । मधेसी एसोसिएसन इन अमेरिकाका संस्थापक उपाध्यक्ष अमित शाहले नेपालकी मधेसी महिलाले अमेरिकामा आएर यो उपलब्धि हासिल गर्नु निकै सकारात्मक र महत्त्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिए । अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू