अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

साहित्यकार रेग्मीलाई कविडाँडा साहित्य सम्मान तथा देव–खीना स्मृति पुरस्कार

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ९:३३ मा प्रकाशित

साहित्यकार इन्द्र रेग्मीलाई कविडाँडा साहित्य समाज, चितवनद्वारा सक्रिय वरिष्ठ साहित्यकारहरूलाई प्रत्येक वर्ष प्रदान गरिने कविडाँडा साहित्य सम्मान तथा देव–खीना स्मृति पुरस्कार–२०७६ प्रदान गरिने भएको छ ।

त्यसै गरी कथा प्रतियोगिता २०७६ मा उत्कृष्ट कथाको सूची सार्वजनिक गरिएको कथा सूचीमा इन्द्र बहादुर भण्डारी (बाँके) को ‘जमिल खाँको मिसन प्रस्ताव’, गायत्री कुमार चापागाईं (मोरङ) को ‘आरोहणको व्यथा,’ चरित्रा शाह भण्डारी (बाँके) को ‘सम्बन्ध,’ टङ्कबहाद’र आले मगर (उदयपुर) को ‘फेसबुके बाजे,’ मन्दिरा मधु श्री (काठमाडौँ) को ‘कुमारी कोख,’ मुना चौधरी (बाँके) को ‘समध,’ पुण्य प्रसाद खरेल (झापा) को ‘घोडा,’ राजेश विद्रोही (सप्तरी) को ‘भोज’ सिर्जन अविरल (चितवन) को ‘मोड,’ हरिप्रसाद अधिकारी (भोजपुर) को ‘चार मन दाउरा,’ र हिरा लामा (चितवन) को ‘बाजे’ छन् । यिनै कथामध्येबाट प्रथम, द्वितीय र तृतीयको घोषणा गरिनेछ ।

यसै गरी कविडाँडा साहित्य समाज, चितवनले वर्षका उत्कृष्ट पुस्तकका रूपमा दुई वटा पुस्तकलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । जस अन्तर्गत कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कार २०७५— भूपिनको उपन्यास मैदारोलाई र कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०७५ महेश थापाको कथा सङ्ग्रह मरिचिकालाई प्रदान गरिनेछ । यी सबै स्रष्टा तथा कृतिहरूलाई मङ्सिर ७ गते चितवनको सौराहामा पुरस्कृत एवं सम्मान गरिने संस्थाका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू