अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

काठमाडौँमा मेडिकल कलेजका विद्यार्थीहरुको संयुक्त विरोध प्रदर्शन

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ७:१८ मा प्रकाशित

मेडिकल कलेजहरुले अवैध रुपमा उठाएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीहरुले काठमाडौँमा संयुक्त विरोध प्रदर्शन गरेका छन्। उनीहरुले र्यालीसहित माइतिघर मण्डलाबाट नयाँ बानेश्वर पुगेर कोणसभामा गरेका थिए।

काठमाडौँ उपत्यका बाहिरका मेडिकल कलेजका विद्यार्थीहरु मेडिकल कलेजले उठाएको बढी शुल्क फिर्ता गर्न माग गर्दै काठमाडौँ आएर विरोध प्रदर्शन गरिरहेका छन्। काठमाडौँ उपत्यका बाहिरबाट आन्दोलनका लागि आएका चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, जनकपुर मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले मेडिकल कलेज सञ्चालकहरु गुण्डागर्दीमा उत्रिएको र सरकारले उनीहरुको संरक्षण गरिरहेको आरोपसमेत लगाएका छन्। शान्तिपूर्ण विरोध प्रदर्शनमा रहेको अवस्थामा मेडिकल कलेज प्रशासनले विद्यार्थीहरुलाई बन्दक बनाउने र गुण्डा लगाएर आक्रमण गरेको हुँदा आफूहरु काठमाडौँ आएर विरोध प्रदर्शन गुर्नपरेको उनीहरुको भनाई छ। कलेज प्रशासनले विद्यार्थीहरुलाई बन्धक बनाउँदासमेत प्रहरी प्रशासन रमिता हेरेर बसेको उनीहरुको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू