अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

अमेरिकाको कन्ट्री रिपोर्ट अन टेररिजम सार्वजनिक – आतंकवादी संगठनले नेपालमा अड्डा बनाएको दाबी

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ७:२१ मा प्रकाशित

इन्डियन मुजाहिद्दीनले भारतविरुद्ध आतंकवादी घटना गराउनका लागि नेपाललाई सबभन्दा ठूलो अड्डा बनाएको दाबी अमेरिकी परराष्ट्र मन्त्रालयले जारी गरेको कन्ट्री रिपोर्ट अन टेररिजम २०१८ ले देखाएको छ ।

हालै जारी गरिएको उक्त रिपोर्टमा इन्डियन मुजाहिद्दीनले लश्कर ए तैयबा, जैश ए मोहम्मद र हरकत उल जिहादी जस्ता संगठनसँग सहकार्य गर्न थालेको लेखिएको छ । रिपोर्टमा बताइएअनुसार, आईएमको पहिलो उद्देश्य नै भारतमा आतंकवादी घटना गराउनु हो । त्यसका लागि उसले नेपाललाई अड्डा बनाएको छ ।

भारत र नेपालबीचको खुला सीमा, काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा लगायतका कारणले आतंकवादी संगठनहरूले नेपालमा आश्रय लिएको बताइएको छ । आईएमलाई फरेन टेररिस्ट अर्गनाइजेसनले अन्तर्राष्ट्रिय आतंकवादी संगठन घोषणा गरेको छ ।

नेपालमा अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय आतंकवादी संगठनले आक्रमण गरेको छैन । त्यसैले यहाँ आतंकवादी गतिविधिको कुनै आभास छैन । नेपालमा विप्लवको कम्युनिीट पार्टीले यदाकदा आतंकवादी घटना गराउने गरेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू