अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

इरानको युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रमले सुरक्षा खतरा हुने शक्तिशाली देशहरुको आरोप

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ७:०८ मा प्रकाशित

इरानले नयाँ युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रम पुनः सुरु गरेको जनाएको छ । गत वर्ष संयुक्त राज्य अमेरिका आणविक सम्झौताबाट पछि हटेपछि इरानले आफ्नो फोर्ड सुविधा केन्द्रमा उक्त कार्यक्रम पुनः अघि सारेको जनाएको छ ।

इरानका राष्ट्रपति हसन रुहानीले युरेनियम ग्यास प्लान्टमा रहेका मेसिनहरु आजबाट पुनः सुचारु गर्ने बताउनुभएको छ । यो कदमसँगै आफूहलाई युरोपियन शक्तिहरुले सम्मान गर्ने इरानको विश्वास छ । तर अन्य देशहरुले इरानको कदमको बिरोध गरेका छन् । उनीहरुले भियना सम्झौता विपरीत इरानले युरेनियम सम्वद्र्धन कार्यक्रम अघि सारेको आरोप लगाएका छन् ।

यसले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने उनीहरुले आरोप लगाएको अन्तर्राट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सन् २०१५ मा इरान, अमेरिका, बेलायत, फ्रान्स, जर्मन, चीन र रसियाले आणविक सम्झौतामा हस्ताक्षर गरेका थिए । तर इरानले युरेनियम भण्डारण र सम्वद्र्धन सीमासहित आफूले गरेका प्रतिवद्धताहरुलाई घटाएको अमेरिकाको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू