अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनद्वारा पदभार ग्रहण

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ७:०२ मा प्रकाशित

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले बुधबार आफ्नो पदभार ग्रहण गर्नुभएको छ । बुधवार अपरान्ह १ बजे पोखरा आउनु भएका शेरचनले शहिद चोक स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

प्रमुख शेरचनलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेय, सचिव गोविन्द नेपाली, प्रदेश सांसदहरु, पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी,कास्कीका प्रमुख जिल्ला अधिकारी , प्रहरी अधिकृत लगायतले पुष्पगुञ्छा माला खादाले स्वागत गर्नुभएको थियो ।

पदभार ग्रहण गर्दै प्रमुख शेरचनले सवै पार्टीहरुको सल्लाह अनुसार कार्य गर्ने बताउनु भयो । उहाँले सहमती र सहकार्यको आधारमा आफु अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू