अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

प्रदेश प्रमुख नियुक्ति अचारसंहिता विपरित नरहेको निर्वाचन आयोगको ठहर

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ७:०३ मा प्रकाशित

निर्वाचन आयोगले प्रदेश प्रमुख पदमुक्त गरी नयाँ नियुक्त गर्नु आचारसंहिता विपरित नभएको स्पष्ट पारेको छ । विपक्षी लगायतका दलले यो निर्णय आचारसंहिता विपरित भएको बताईरहदा आयोगले भने आचारसंहिता अनुरुप नै भएको स्पष्ट पारेको हो ।

सरकारले निर्वाचन आचारसंहिता लागु भएपछि सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरी नयाँ प्रमुख नियुक्त गरेको थियो । निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्ति तथा मन्त्रीमण्डल पुनर्गठन गर्न नपाइने भनेर निर्वाचन आचारसंहितामा उल्लेख नगरिएकाले त्यसमा निर्वाचन आचारसंहिता नलाग्ने प्रष्टाउनु भयो ।

‘सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्ने वा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न नपाइने भनेर निर्वाचन आचार संहिताको कुनै पनि बुँदामा उल्लेख छैन’, बुधबार काठमाडौंमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचन आयुक्त पौडेलले भन्नुभयो, ‘त्यसकारण यी विषयमा आयोगले निर्वाचन आचारसंहिता उलंघन भयो भनेर भन्न मिल्दैन ।’

उहाले निर्वाचन आयोगले यस विषयलाई गम्भीर रुपमा लिएको भने स्पष्ट पार्नुभयो । निर्वाचन आयुक्त पौडेलले निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई कानुन बमोजिम कार्वाही गर्ने अधिकार सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई दिइएको पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू