अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

बिआरटीनेपाल २०७६ कार्तिक १९ गते ८:०८ मा प्रकाशित

बलिउड अभिनेता गोविन्दा काठमाडौं आउनुभएको छ । वीरगञ्जमा हुन लागेको चलचित्र महोत्सवमा सहभागी हुन गोविन्दा मंगलबार अपराह्न काठमाडौं ओर्लिनुभएको हो । बिहीबारबाट सुरु हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । गोविन्दालाई महोत्सव आयोजक चलचित्र निर्माता संघले बोलाएको हो।

गोविन्दा श्रीमती सुनिता आहुजा र नेपाली नायिका निरुता सिंंहका साथमा काठमाडौं आउनुभएको हो । निरुता पछिल्लो समय मुम्बईमा बस्दै आउनुभएको छ । उहाँ पनि महोत्सवमा सहभागी हुन नेपाल आउनुभएको छ । आयोजकका अनुसार चार दिनसम्म चल्ने महोत्सवमा गोविन्दाले आफ्नो प्रस्तुति पस्किनुहुनेछ । एक वर्षअघि पनि काठमाडौं आएका गोविन्दाले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको थियो ।

प्रतिक्रिया