अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

जलवायू सम्बन्धी पेरिस सम्झौताबाट पछि हटने अमेरिकी तयारी

बिआरटीनेपाल २०७६ कार्तिक १९ गते ७:२७ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट पछि हट्ने मनसाय व्यक्त गरेको छ । आफ्नो मनसायबारे अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ ।

सम्झौताले अमेरिकालाई अनावश्यक आर्थिक भार पर्ने भन्दै पेरिस सहमतिबाट बाहिरिन चाहेको जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एक महिना अघि नै आफ्नो योजनाबारे राष्ट्रसंघलाई जानकारी गराएको बताउनुभयो । उक्त सम्झौतामार्फत विश्वका एक सय ८८ राष्ट्र जालवायू परिवर्तनका मुद्धामा एक भएर अघि बढ्ने प्रतिवद्धतासहित गोलवद्ध भएका थिए । पेरिस सम्झौताले अमेरिका र अन्य १८७ देशलाई बढ्दो विश्वव्यापी तापमान नियन्त्रणका लागि प्रतिवद्धता जनाएको थियो ।

गत वर्ष डिसेम्बरमा अन्तर्राष्ट्रिय र युरोपेली मामिला प्रतिष्ठानले जारी गरेको एक प्रतिवेदन अनुसार राष्ट्रपति ट्रम्पले गरेको पेरिस सम्झौताले ठूलो क्षति भएको औंल्याएको थियो ।उक्त प्रतिवेदनले रसिया र टर्कीले हस्ताक्षर गरेपनि सम्झौता पालान गर्न इन्कर गरेको समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू