अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

च्याम्पियन्स लिग फुटबलमा आज राती आठ खेल हुने

बिआरटीनेपाल २०७६ कार्तिक १९ गते ७:२३ मा प्रकाशित

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राती ८ खेल हुनेछन् । समुह ‘ई’ को खेलमा इंग्ल्याण्डको लिभरपुलले बेल्जीयमको गेन्कसँग खेल्दा इटालीको नापोलीले अष्ट्रियाको रेडबुल साल्जबर्गको सामना गर्नेछ ।

समूह ‘एफ’ को खेलमा स्पेनको बार्सिलोना र चेक गणतन्त्रको स्लाभिया प्राग तथा जर्मनीको बोरुसिया डर्टमण्ड र इटालीको इन्टर मिलान भिड्नेछन् । समूह ‘जी’ मा रुसको जेनिथ र जर्मनीको लेप्जीग तथा फ्रान्सको लियों र पोर्चुगलको बेनिफिकाबिच भिडन्त हुनेछ ।

यसैगरी समूह ‘एफ’ मा इंग्ल्याण्डको चेल्सीले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग खेल्दा स्पेनको भ्यालेन्सिया र फ्रान्सको लिल आमने सामने हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू