अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

प्रदेश २ को विधुतीय करणमा नर्वेको साढे चार अर्व अनुदान

बिआरटीनेपाल २०७६ कार्तिक १८ गते १२:०८ मा प्रकाशित

काठमाडौँ, नर्वेले प्रदेश २ को विधुतीय आपूर्ति सुदृढीकरण र विस्तारमा चार करोड अमेरिकी डलर (करिब साढे चार अर्व रुपैयाँ) अनुदान दिने भएको छ ।

नर्वेले प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराउने १० करोड डलर मध्ये प्रदेश दुईमा विधुतीय आपूर्ति सुधारका लागि चार करोड डलर खर्च हुने छ ।

अनुदान सम्झौतामा अर्थ मन्त्रालय सचिव राजन खनाल र नेपाल स्थित नर्वेली राजदूत लास्से जोर्न जोहानेसेंले सोमबार हस्ताक्षर गर्नु भएको हो ।
नर्वेली सरकारले उपलब्ध गराउने अनुदान रकम प्रदेश २ का जिल्लामा विद्युतीकरण र विधुतीय आपूर्तिलाई विश्वसनीय, गुणस्तरीय तथा भरपर्दो बनाउन खर्च गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

‘अनुदान रकम प्रदेश २ को विधुत आपूर्ति सुधार तथा विस्तारका लागि ९ वटा नयाँ सब स्टेसन निर्माण, प्राविधिक चुहावट नियन्त्रण, विधुतीय सुरक्षा, विधुतीकरण लगायतमा खर्च हुने छ” उहाँले भन्नुभयो । ‘काम गर्न ठेकेदार छनौटका लागि तत्काल टेन्डर गरी काम सुरु गर्ने छौँ,२/३ वर्षभित्रमा काम सक्ने छौँ ।’

प्रदेश २ मा रहेका ८ जिल्ला पर्छन् । त्यहाँ ७९.७७ प्रतिशत विधुतीकरण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू