अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

उत्तर कोरिया र अमेरिकाबीच फेरि वार्ता हुने

बिआरटीनेपाल २०७६ कार्तिक १८ गते ८:१९ मा प्रकाशित

उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाले फेरि नोभेम्बरको मध्यतिर कार्यस्तरमा वार्ता गर्ने दक्षिणा कोरियाली संसदले सोमबार जनाएको छ । यसअघि जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले पारमाणविक निशस्त्रीकरणको वार्ता अघि बढाउने बताएपछि अक्टोबरमा उत्तर कोरियाली र अमेरिकी अधिकारीहरुले स्वीडेनको स्टकहोममा भेट गरेका थिए ।

भियतनाको हनोइमा भएको अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीचको वार्ता बिना निष्कर्ष टुंगिएपछि अर्को चरणको वार्ताका लागि दुबै मुलुकमा अधिकारीहरुले स्वीडेनमा भेट गरेका थिए । तर, स्वीडेनमा भएको वार्ता पनि अमेरिकाले बिना योजना वार्ताका लागि आएको र लचकता नदेखाएको भन्दै वार्ता भंग भएको थियो ।

दुबै मुलुकका अधिकारीहरुले यही वर्षमा फेरि भेट्ने अपेक्षा गरिएको छ । दक्षिण कोरियाली सांसद ली इयुन(जाइले उत्तर कोरियाली नेता किमले दिएको डेडलाइन डिसेम्बर अगावै दुबै मुलुकका अधिकारीहरुले भेट गर्नेछन् । तर, यस विषयमा भने दक्षिण कोरयास्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू