अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

इङ्गलिस प्रिमियर लिग फुटबलः क्रिष्टल प्यालेसलाई हराउँदै लेष्टर सिटी तेस्रो स्थानमा उक्लियो

बिआरटीनेपाल २०७६ कार्तिक १८ गते ८:१४ मा प्रकाशित

क्रिष्टल प्यालेसलाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । गएराती क्रिकष्ट प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली लेष्टर सिटीले २–० ले विजयी भयो । खेलमा लेष्टर सिटीलाई विजयी गराउन सेग्लार सोयुन्चु र जेमी भार्डीले एक एक गोल गरे । जितसँगै लेष्टर सिटीले ११ खेलबाट २३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीलाई उछिनेको छ ।

दुवै टोलीको समान २३ अंक भएपनि गोल अन्तरको आधारमा लेष्टर तेस्रो तथा चेल्सी चौथो स्थानका रहेका छन् । शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ भने २५ अंकका साथ म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा गएराती एभर्टन र टोटनह्याम हट्सपरले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा टोटनह्यामका डेले अलीले पहिलो गोल गरेपनि एभर्टनका सेन्क टोसुनले इन्जुरी समयमा एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

प्रतिक्रिया