अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय सहि होइन – सभापति देउवा

बिआरटीनेपाल २०७६ कार्तिक १८ गते ७:२८ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवाले ७ प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णयको सहि नभएको बताउनुभएको छ । सुकुटेमा भएको बस दुर्घटनाका घाइतेलाई भेट्न धुलिखेल अस्पताल जानुभएका पूर्व प्रधानमन्त्री देउवाले सरकारको निर्णयप्रति असन्तुष्टी जनाउनुभयो ।

देउवा नेतृत्वको सरकारले नियुक्त गरेका ७ वटै प्रदेश प्रमुखलाई सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पदमुक्त गर्नुभएको थियो । देउवाले दुर्घटनामा गम्भीर घाइते भएर शल्यक्रियापछि पोष्ट अपरेटिभ वार्डमा रहेका ३ जनालाई भेटी स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ । सो अवसरमा उहाँले देशभर भइरहेका दुर्घटनाप्रति चासो र चिन्ता प्रकट गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू