अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

पूर्व गोर्खा सैनिकको न्यायका लागि बृहत् सम्मेलन हुने

बिआरटीनेपाल २०७६ कार्तिक १७ गते ९:४२ मा प्रकाशित

बेलायतले नेपाली सैनिकमाथि विभेद गरेको आरोप
वर्षौ देखि विभेदमा पारिएका भूतपूर्व गोर्खा सैनिकका समस्याहरूका बारेमा राष्ट्रिय स्तरको बहस गरी समाधानका लागि पहल गर्न राजधानीमा दुई दिने वृहत् सम्मेलन गरिने भएको छ । आउँदो कात्तिक १८ र १९ गते उक्त सम्मेलन गर्न लागिएको ‘न्याशनलसिम्पोसियम अन ह्युमन राइट्स मोभमेन्ट फर इक्वालिटी एण्ड डिगनिटीआफ एक्स ब्रिटिस गोर्खा’ आयोजक समितिले जानकारी दिएको छ ।

सम्मेलनबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट काठमाडौँ स्कूल अफ लका कार्यकारी निर्देशक प्राध्यापक डा. युवराज सङ्ग्रौलाले भूतपूर्व ब्रिटिस गोर्खाहरूको अबको आन्दोलन बौद्धिक, कूटनीतिक र रणनीतिक हुने बताउनुभयो ।

वास्तविक युद्ध लडेका आधाभन्दा बढी गोर्खा सैनिकहरूमाथि बेलायत सरकारले विभेद गरेको उहाँको भनाई छ । सोमवारदेखि सुरु हुने आन्दोलनमा नेपालका पछिल्लो कालखण्डका प्रायः सबै प्रधानमन्त्री उपस्थित हुने भएका छन् । सम्मेलनमा पाँच वटा कार्यपत्र प्रस्तुत हुने सङ्ग्रौलाले जानकारी दिनुभयो ।

ब्रिटिस सेनाले विभिन्न कालखण्डमा ८ लाख नेपालीलाई प्रयोग गरेको तर उनीहरूलाई उपलब्ध गराउनुपर्ने समान ज्याला, सुविधा र पेन्सन नदिएको भन्दै भूतपूर्व गोर्खा सैनिकहरू वर्षौँदेखि आन्दोलित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू