अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

सत्तारुढ नेकपाले उपनिर्वाचनको लागि टुंग्यायो उम्मेदवार

बिआरटीनेपाल २०७६ कार्तिक १७ गते ८:२८ मा प्रकाशित

सत्तारुढ नेकपाले उपनिर्वाचनका लागि आफ्नो उम्मेदवारहरुको नामको टुंगो लगाएको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो । प्रतिनिधिसभाका लागि कास्की(२ बाट विद्या भट्टराई, दाङ क्षेत्र नम्बर ३ ’ख’ बाट विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारीको पत्नी हुनुहुन्छ । अधिकारीको हेलिकप्टर दुर्घटना परी निधन भएको थियो। वली पूर्व प्रदेश सांसद उत्तरकुमार वलीको श्रीमति हुनुहुन्छ । सांसद उत्तरकुमारको मोरटसाइकल दुर्घटनामा परी निधन भएको थियो।

यस्तै, भक्तपुरमा १ ’क’ मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । धरान उपमहानगरपालिकामा नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सचिवालय बैठकले बाग्लुङमा भने नेकपाले राष्ट्रिय जनमोर्चा पार्टीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू