अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

सिन्धुपाल्चोकको सुकुटेमा यात्रुबाहक बस दुर्घटना, कम्तीमा १७ जनाको मृत्यु, ४६ जनाको उद्धार

बिआरटीनेपाल २०७६ कार्तिक १७ गते ८:२५ मा प्रकाशित

सिन्धुपाल्चोकको सुकुटेमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १७ जनाको ज्यान गएको छ । दोलखाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे (चौतारा–साँगाचोक गढी नगरपालिका–९) बाट सुनकोसीमा खस्दा उनीहरुको ज्यान गएको हो ।

दुर्घटनामा परेका ४६ जना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको धुलिखेल अस्पतालले जनाएको छ । शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आईतवार अपरान्ह सुनकोसी नदीमा खसेको हो ।

नदीले केही यात्री बगाएकोसमेत प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाग्रस्त बसलाई नदीबाट किनारमा निकालिएको छ । बसमा कति यात्री थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू