अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

वर्ड नेपाली म्युजिक ग्राण्ड फिनालि नोभेम्बर २३ मा

बिआरटि नेपाल संवाददाता २०७६ कार्तिक १६ गते १९:३८ मा प्रकाशित

न्यु योर्क । वर्ड नेपाली म्युजिक अवार्डको ग्राण्ड फिनालि नोभेम्बर २३ मा हुने भएको छ । वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९ न्यु योर्क संयोजन समितिले शनिवार भेला गरी उक्त जानकारी दिएको हो ।

‘वल्र्ड नेपाली म्युजिक अवार्डको ग्राण्ड फिनाले ला ग्वार्डिया प्लाजा होटेलमा नोभेम्बर २३ मा गर्दैछौं,’ कार्यक्रमका कन्भनेर राजकुमार बिस्टले भने । आयोजकले यो अवार्ड कार्यक्रम नेपाली सङ्गीतलाई संरक्षण र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्ने दीर्घकालीन सोच अनुसार आयोजना गर्न लागेको जनाएको छ ।

यो अवार्ड कार्यक्रमको आयोजक न्यु योर्क स्थित वल्र्ड कनेक्सन युएसए इंक र नेपालको फिदर क्रियशन प्रालि नेपाल नामक संस्था हो । वल्र्ड कनेक्सन इंकका अध्यक्ष आङ्लगेलु शेर्पाले निष्पक्ष प्रतिस्पर्धामार्फत टप थ्रीमा परेका गीत संगीतबीत ग्राण्ड फिनालेमा प्रतिस्पर्धा हुने बताए ।

‘व्यवसायिक गीतकार र सङ्गीतकारले गर्नुभएको मूल्याङ्कन र श्रोताको भोटका आधारमा टप थ्रीमा परेका गीत सङ्गीतबिच ग्राण्ड फिनालेमा प्रतिस्पर्धा हुनेछ,’ उनले भने, ‘यो कार्यक्रमले नेपाली गीत सङ्गीत क्षेत्रलाई ऊर्जा दिनेछ भन्ने विश्वास छ ।’

वल्र्ड नेपाली म्युजिक अवार्डको घोषणा गत जुन १३ मा पत्रकार सम्मेलन गरी नेपालमा गरिएको थियो । आवेदन गत जुन २१ देखि अगस्ट १३ सम्म सङ्कलन गरिएको थियो । जुरीको मूल्याङ्कनका आधारमा गत सेप्टेम्बर २९ मा विभिन्न १८ विधामा टप टेन घोषणा गरिएको थियो ।

टप टेनमा परेका गीत सङ्गीतबाट एसएमएस भोटिङ र जुरीको मूल्याङ्कनका आधारमा गत अक्टोबर २४ मा टप ३ छानिएको थियो । त्यसमध्ये प्रतिस्पर्धाका आधारमा एकले नोभेम्बर २३ मा वल्र्ड नेपाली म्युजिकको उत्कृष्ट गीत सङ्गीतको अवार्ड पाउने छ । उक्त दिन विभिन्न १८ विधामा ५४ गीत सङ्गीतबिच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू