अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा छठ पुजा

बिआरटीनेपाल २०७६ कार्तिक १६ गते ७:१३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पुजा गर्नुभएको छ । उहाँले शनिवार सााझ काठमाण्डौंको गुह्येश्वरी र कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिनुभयो ।सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलगायत उपस्थित हुनुहुन्थ्यो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन्। छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ। कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू