अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

नेपाली चेली रिमाल अमेरिकी सेनाको मेजर बन्न सफल

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते २३:४५ मा प्रकाशित

नेपाली मूलकी महिला ‘पहिलोपटक’ अमेरिकी सेनाको माथिल्लो तहमा पुग्न सफल भएकी छन् । नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर पदमा पुग्नुभएको हो । अमेरिकाको डालसमा बस्दै आएकी रिमाल १८ वर्षको उमेरमा हाइस्कूलको अध्ययन पूरा गरेर अमेरिकी सेनामा भर्ना हुनुभएको थियो । रिमाल ११ वर्षको उमेरमा परिवारका साथ अमेरिका पुग्नुभएको थियो ।

अमेरिकी सेनाको मेजरमा पुगेकी समृद्धिले एक कुराकानीमा आफूलाई पहिले सेनामा भर्ना भएर के गर्ने भन्ने केही पनि थाहा नभएको बताउनुभएको थियो । तर, एक महिला सैनिकसँगको भेटवार्तापछि आफूलाई पनि सेनामा रहेर काम गर्ने जोश चलेको उहाँको भनाइ छ ।

सैनिक कामको सिलसिलमा अफगानिस्तान पुगेको पनि समृद्धिले बताउनुहुन्छ । समृद्धिले अफगानिस्तानमा रहँदा त्यहाँका बच्चाहरुसँग भएको भेटलाई आफ्नो जीवनको खुसीको एक महत्वपूर्ण पलको रुपमा प्रस्तुत गर्नुहुन्छ । आफू सन् २००५ मा छोटो समयका लागि नेपाल आएको समृद्धिको भनाइ छ । त्यसयता भने कार्यव्यस्तताका कारण नेपाल आउन नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू