अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम ५० प्रतिशत सम्पन्न

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते २२:५९ मा प्रकाशित

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम ५० प्रतिशत सकिएको छ । विमानस्थलको अहिलेसम्म रनवे, ट्याक्सी वे, एप्रोन तयार भइसकेका छन् । १४ भवनमध्ये १२ वटा भवनको आरसिसी स्ट्रक्चर टुंगिएको छ भने टर्मिनल भवन छानो लगाउन बाँकी छ ।

विमानस्थल निर्माण कार्यको ५० प्रतिशत काम टुंग्याई सकिएको र सिभिल कन्ट्रक्सनको काम पनि अब केही महिनाभित्रै टुंग्याउने आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिनुभयो । २०७७ मंसिरसम्ममा सबै काम टुग्याउने र उपकारण जडान गर्ने प्रमुख मुनंकर्मीले बताउनुभयो । २०७८ को वैशाखबाट विमान उडाउने लक्ष्यका साथ काम भइरहेको बताइएको छ ।

नियमित कामका लागि अहिले ५ सय कामदार खटिएका छन् । आधा नेपाली छन् भने आधा चिनियाँ कामदारले काम गरिरहेका छन् । २०३२ सालमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि तत्कालिन छिनेडाडाँ गाविस (हाल पोखरा १४) कुडहर फाँटमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसपछि दोस्रो चरणमा ६ सय २९ रोपनी जग्गासहित अधिग्रहण गरिएको थियो ।

प्रतिक्रिया