अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

नेपालीको लागि टिपिएस् एक वर्ष थपियो

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते १२:१९ मा प्रकाशित

अमेरिका, अमेरिकी डीपामेन्ट अफ होमल्याण्ड सेक्रेटरीले नेपालीको टेम्पमेरेरि प्रोटेक्सन स्टेटस अर्थात् अमेरिकामा अस्थायी बसोबासको अवधिलाई सन २०२१ को जनवरी ४ सम्मको निम्ति बढाएको छ ।

होमल्याण्ड सेक्रेटरीले गत हप्ता मात्र इल साल्भाडोरको टिपिएस् अवधि बढाए पनि नेपालीको हकमा भने पर्ख र हेरको अवस्थामा रहेको थियो । अवधिलाई वढाएसगै टिपिएस् प्राप्त नेपालीको निम्ति एक वर्षसम्म भने अमेरिकामै वसेर आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नेछ ।

यस अघि टिपिस् अवधि बढाउनको निम्ति क्यालिफोर्निया स्थित यूएस डिस्ट्रिक्ट कोर्टमा नेपाल लगायत, सँलभाडो, ग्वाटेमाला लगायतका देशको तर्फबाट मुद्दा दायर गरेका थिए । सन २०१५ मा गएको विनाशकारी भूकम्पको कारण अमेरिकी सरकारले अमेरिकामा अवैधानिकरुपमा रहेका नेपाली र विद्यार्थीहरुलाई टिपिएस् प्रदान गरेका थिए । दूरबिन नेपाल

फायल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू