अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

म्याग्दीमा यात्रुवाहक जिप दुर्घटना, २ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते ८:३१ मा प्रकाशित

म्याग्दीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । स्थानिय मालिका गाउँपालिका–२ रुममा जीप दुर्घटना भएको थियो । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो ।

मृतकमध्ये मालिका गाउँपालिका–२ का सप बहादुर श्रीपाली र सोही स्थानका चन्द्र  बहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । प्रहरी निरीक्षक शर्माका अनुसार जिपभित्र बसेका १५ जना सकुशल छन् । छतमा चढेका तीन जना जिप पल्टिँदा उछिट्टिएर सडकको डिलबाट भिरमा खसेका थिए । रुखमा अड्किएका एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू