अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

आज छठ पर्वको दोस्रो दिन, घरघरमा ‘खरना’ पुजा गरियो

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते ८:१४ मा प्रकाशित

आज छठ पर्वको दोश्रो दिन घरघरमा खराना पुजा गरी मनाईएको छ । चार दिनसम्म मनाइने सूर्य आराधनाको महापर्व छठको दोस्रो दिन शुक्रबार घरघरै उमंगकासाथ ‘खरना’ पुजा गरिएको हो । ब्रतालुले पहिलो दिन बिहीबार विहान नुहाएर शाकाहारी भोजन ग्रहण गरी छठको ब्रत सुरु गरेका छन् । यो विधिलाई ‘अरबाअरबाइन’ वा ‘नहा खा’ भनिन्छ ।

यसपछि पूर्णरुपले उपवासमा रहेका ब्रतालुले दोस्रो दिन शुक्रबार परिवारजन एवं छरछिमेकको मद्दतले साँझ नहुँदै खिरपुरी तयार पार्नेछन् । तराई–मधेसतिर यो पर्वकैलागि पहिलादेखि बनाइएको माटोको छुट्टै चुल्होमा मुख्य उपासक महिलाको अगुवाइमा सम्पूर्ण पुजा सामग्री पकाइन्छ ।

पुजाकालागि ब्रतालुले घरको सबैभन्दा शान्त कोठालाई लिपपोत गर्छन् । त्यसपछि भूइमा केराको पात फिजाएर त्यसमाथि खिरपुरी र केरा राख्छन् । धुपदीप बालेर चन्द्र, सूर्य एवं भगवान सूर्यकै भगवती रुप मानिने छठी माताको मौन पुजा गर्छन् । कोलाहलले आराधनामा बाधा पुग्ने आस्थाका कारणले ब्रतालुले ढोका थुनेरै विधि गर्छन् । देवीदेवतासँग गरेको कामनालाई उनीहरुले गोप्य नै राख्छन् । खरना भनिने यो पुजा विधि सम्पन्न भएपछि ब्रतालुले सबैभन्दा पहिले प्रसाद ग्रहण गर्छन् ।

यो पुजापछि ब्रतालुको कठिन निर्जला उपवास सुरु हुन्छ । सूर्यदेवको पुजाकालागि शनिबार बेलुकी र आइतबार विहान सपरिवार घरबाट आफूलाई पायक पर्ने जलासय किनार पुग्छन् । स्थानीय भाषामा यसलाई क्रमशः सझिया घाट र भोरका घाट भनिन्छ । लोक आस्थाको यो पर्वको तेस्रो दिन शनिबार साँझ एवं चौथो दिन आइतबार बिहान झकिझकाउ पारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित ब्रतालु, परिवारजन एवं दर्शनार्थीले सूर्यदेवलाई अर्घ्य दिन्छन् । विहानीको अघर््यको लगतै छठी मैयाँको महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठान सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू