अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

नेपालले एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट खेल्ने

बिआरटीनेपाल २०७६ कार्तिक १४ गते ८:०० मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बंगलादेशमा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीले एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएको जानकारी दिएको छ । प्रतियोगिता कात्तिक २६ गतेबाट मंसिर १४ गतेसम्म चल्नेछ ।

टेष्ट राष्ट्र आयोजक बंगलादेशसहित भारतलगायत ८ टोली सहभागी हुने प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । समूह बी मा नेपालसँगै बंगलादेश, हङकङ र भारत छ । समूह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छ । समूहको शीर्ष स्थानमा रहने दुइ टोली सेमिफाइनलमा पुग्नेछन् । टेष्ट राष्ट्रको हकमा भने यू–२३ टोली प्रतियोगितामा सहभागी हुनेछ ।

प्रतिक्रिया