अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

अस्ट्रेलियाली खेलाडी म्याक्सवेलद्वारा क्रिकेटबाट बिदा

बिआरटीनेपाल २०७६ कार्तिक १४ गते ७:४६ मा प्रकाशित

अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट बिदा लिएको घोषणा गरेका छन् । क्रिकेट अस्ट्रेलियाकाअनुसार श्रीलंकाविरुद्ध जारी टी–२० क्रिकेट शृंखलाको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन् ।

छोटो ‘फर्म्याट’का खेलमा अत्यन्त सफल र आक्रामक खेलकौशल देखाउन सक्षम म्याक्सवेलले यस शृंखलाको पहिलो खेलमा पनि २८ बलमा ६२ रन बनाएका थिए । क्रिकेट अस्ट्रेलियाका मनोविज्ञ माइकल लोयडले एक वक्तव्य जारी गर्दै ग्लेन म्याक्सवेलमा मानसिक स्वास्थ्यसँग सम्बन्धित केही समस्या देखिएको पुष्टि गरेका छन् ।

उनले त्यही कारण केही समय ग्लेनले क्रिकेटबाट बिदा लिन चाहेको बताएका छन् । ग्लेन म्याक्सवेलको स्वास्थ्य परीक्षण र विश्रामपश्चात् उनको घरेलु टिम भिक्टोरियाबाट पुनः खेल्नसक्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू