अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

लिभरपुल र म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलमा, आर्सनल र चेल्सी पराजित

बिआरटीनेपाल २०७६ कार्तिक १४ गते ७:४३ मा प्रकाशित

शीर्ष क्लबहरु लिभरपुल र म्यान्चेस्टर युनाइटेड काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराती भएको प्रि–क्वाटरफाईनल खेलमा चेल्सीलाई २–१ ले हराउँदै म्यान्चेस्टर युनाईटेड क्वाटफाईनलमा पुगेको छ ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन दुबै गोल मार्कस रास्फोर्डले गरे । चेल्सीका मिची मात्सुआइले एक गोल फर्काए । काराबाओ कपकै अर्को खेलमा लिभरपुलले आर्सनललाई टाई–ब्रेकरमा पराजित गर्यो ।

निर्धारित समयको खेल ५–५ गोलको बराबरीमा सकिएपछि टाई ब्रेकरमा लिभरपुल ५–४ ले विजयी भयो । यसैगरी गएराती भएको अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले पराजित गर्दै एस्टन भिल्ला पनि प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू