अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

अमेरिकाद्धारा आइएस प्रमुख बग्दादी मारिएको आक्रमणको भिडियो फुटेज सार्वजनिक

बिआरटीनेपाल २०७६ कार्तिक १४ गते ७:४३ मा प्रकाशित

अमेरिकी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) का प्रमुख अबु बक्र अल–बग्दादी मारिएको सैन्य अभियानको पहिलो फुटेज सार्वजनिक गरेको छ । सार्वजनिक भएको भिडियो फुटेजमा अमेरिकी सैनिकले इस्लामिक लडाकुसँग भीषण लडाईँ गरिरहेको तथा बग्दादी रहेको भवनको कम्पाउण्ड तर्फ अघि बढिरहेको देखिन्छ ।

अमेरिकी सैनिकले उत्तरी सिरियामा रहेको बग्दादीको अखडामा आक्रमण गरेपछि उनी सुरुङ्गमा प्रवेश गरेका थिए । सुरुङ्गमा बग्दादीलाई अमेरिकी सैनिकका कुकुरले लखेटेका थिए । त्यसपछि बग्दादीले आफैलाई बिस्फोट गराएका हुन् ।

बिस्फोटपछि बग्दादी बसेको भवन भग्नावशेषमा परिणत भएको थियो । बग्दादीको साथमा रहेका दुई बालकको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू