अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

पाकिस्तानमा गुडिरहेको रेलमा आगो लाग्दा मृत्यु हुनेको संख्या ७४ पुग्यो

बिआरटीनेपाल २०७६ कार्तिक १४ गते ७:४२ मा प्रकाशित

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । कराँचीबाट रावलपिन्डीतर्फ जाँदै गरेको तेज गाम एक्सप्रेसको रेलको तीनवटा डिब्बामा आगो लाग्दा मृत्यु हुनेको संख्या ७४ पुगेको हो ।

पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा परि अरु ३० जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । पाकिस्तानी रेलमन्त्री शेख रशिद अहमदले रेलमा सवार यात्रुले ग्यासमा खाजा बनाएर खान लाग्दा सिलिन्डर विस्फोट हुँदा आगलागी भएको जानकारी दिनुभएको छ ।

उहाँले आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको र घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको बताउनुभयो । प्रधानमन्त्री इमरान खानले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार सरकारले गर्ने बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू