अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

महराविरुद्ध बलात्कार प्रयास गरेको अभियोगमा मुद्दा दायर

बिआरटीनेपाल २०७६ कार्तिक १४ गते ७:२९ मा प्रकाशित

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको प्रयास गरेको आरोपमा मुद्दा चलाउने निर्णय गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सरकारकी वकिलको कार्यालयका प्रमुख चन्द्रकान्त खनालले महरामाथि बलात्कारको प्रयास गरेको र सार्वजनिक ओहदामा बसेर कसुर गरे बापत थप सजायको माग दाबी गर्ने निर्णय भएको जानकारी दिनुभयो । मुलुकी अपराध संहिता अनुसार १८ वर्षमाथि बलात्कारको मुद्दामा ७ देखि १० वर्षसम्मको कैद सजायको व्यवस्था छ । बलात्कारको प्रयास गर्नेलाई त्यसको आधा अर्थात् ३ वर्ष ६ महिनादेखि ५ वर्षसम्म सजाय हुन्छ।

सार्वजनिक ओहदामा बसेकाले ऐनमा व्यवस्था भएको सजायको डेढ गुणा बढी सजायको माग दाबी गर्न पाइने व्यवस्था छ। जस अनुसार महरामाथि ५ वर्ष ३ महिनादेखि ७ वर्ष ६ महिनासम्म कैद माग दाबी गर्न लागिएको हो। नर्भिक अस्पतालमा रहनुभएका महरालाई सरकारकी वकिलको कार्यालयमा उपस्थित गराएर अभियोगपत्रसँगै जिल्ला अदालतमा पेश गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू