अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

मधेशको साथमा नेकपा छ– अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ कार्तिक १३ गते ७:०९ मा प्रकाशित

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मधेस र मधेशी जनतासंगै रहेको बताउनुभएको छ । पार्टीको महोत्तरी, पिपरा कार्यसमितिले उपचुनावलाई लक्षित गरी बुधबार आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मधेशसंगको आफ्नो प्रेम निरन्तर कायम रहेको बताउनुभएको हो ।

दोस्रो संविधानसभा निर्वाचनमा सिरहाबाट उम्मेदवारी दिनुभएका प्रचण्डले चुनावी कार्यक्रममै पहिलोपटक मधेससँग ‘लभ’ परेको वक्तव्य सार्वजनिक गर्नुभएको थियो । पछिल्लो चुनावमा सोही भनाइ दोहोर्याउँदै मधेस दौडाहामा रहनुभएका उहाँले उपचुनावको प्रचारप्रसार क्रममा सोही कुरा दोहोर्याउनुभएको हो । मधेसलाई भ्रष्टाचारमुक्त बनाउन, समृद्धिको बाटोमा डोर्याउन र संविधान संशोधनको लागि नेकपा उमेद्वारलाई मतदान गर्नुपर्ने प्रचण्डको भनाई थियो ।

मधेसीकै मतले निर्वाचित भएपछि दोस्रोपटक प्रधानमन्त्री बन्ने मौका प्राप्त भएको उल्लेख गर्दै प्रचण्डले मधेस भ्रष्टाचारका विरुद्ध रहेको र मधेसको साथमा नेकपा रहेको जिकिर गर्दै उपेन्द्र यादवसित आफू र प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा हस्ताक्षर गरी संविधान संशोधनको लागि प्रतिबद्धता जाहेर गरेको स्मरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू