अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण, धपडी नगर्न चिकित्सकको सुझाव

बिआरटीनेपाल २०७६ कार्तिक १३ गते ७:१० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित स्वास्थ्य परीक्षण सकिएको छ । प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण बुधवार अपरान्ह सकिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि आज बिहान धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । सिंगापुरमा मृगौलाको उपचार गरी स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले यसअघि पनि सोही अस्पतालमा परीक्षण गराउनु भएको थियो ।

नियमित परीक्षण सकिएकोले प्रधानमन्त्री ओली केही समयपछि नै सरकारी निवास बालुवाटार फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रेस सल्लाहकार अर्यालका अनुसार स्वास्थ्य परीक्षणपछि चिकित्सकहरुले बढी धपेडी नगर्न सुझाव दिएका छन् भने स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । १२ वर्षअघि मिर्गौला फेरेकाले उहाँले नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको भदौ महिनामा उहाँले सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराउनु भएको थियो । दुई पटक सिंगापुरको सो अस्पतालमा उपचार गराएर स्वदेश आएपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आउनुभएको छ । सोही क्रममा आज पनि उहाँ ग्राण्डी अस्पताल जानुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू