अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

सरकारले एक दशकसम्म भ्रमण वर्ष मनाउने

बिआरटीनेपाल २०७६ कार्तिक १३ गते ६:५५ मा प्रकाशित

नेपाल सरकारले १ दशकसम्म निरन्तर नेपाल भ्रमण बर्ष मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने योजना रहेको बताउनुभएको हो । बुधबार जनकपुरस्थित नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० सफल पारेर यसलाई निरन्तरता दिइने जानकारी गराउनुभयो ।

मन्त्री भट्टराईले विभिन्न ठाउँबाट जनकपुरधाम भ्रमणमा जाने पर्यटकको बसाई लम्ब्याउनुपर्नेमा जोड दिनुभयो । पर्यटकको बसाई लम्ब्याउन आकर्षक र लोभ्याउने स्थललाई विशेष व्यवस्थित गर्नुपर्ने उहाको भनाई थियो ।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री रामनरेश रायले संघीय सरकारले पर्यटन वर्ष मनाउन देखाएको तदारुकदा स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले प्रदेश २ मा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै संघीय सरकारले मन्त्रालयका सचिवलाई स्थायी रुपमा बस्न नदिएकाले काममा समस्या भइरहेको गुनासो गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू