अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

स्पेनिस ला–लिगा फुटवल –बार्सिलोना शीर्ष स्थानमा उक्लियो 

बिआरटीनेपाल २०७६ कार्तिक १३ गते ६:५५ मा प्रकाशित

साविक विजेता बार्सिलोना स्पेनिस ला–लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा रियाल भालाडोलिडलाई ५–० ले हराउँदै बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । आफ्नै मैदान नुओ क्याम्पमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा लुइस सुवारेज, क्लेमेन्ट लेङ्गेट र अर्टुरो भिडालले एक एक गोल गर्न सफल भए ।

ला लिगाकै अर्को खेलमा एथ्लेटिको मड्रिडले आलाभेजसँग १–१ गोलको बराबरी खेलेको छ । गएरातीका खेलहरुपछि बार्सिलोनाले १० खेलबाट २२ अंक जोडेको छ । समान खेलबाट २० अंक जोडेको ग्रानाडा दोस्रो स्थानमा झरेको छ ।

एक खेल बढी खेलेको एथ्लेटिको मड्रिड २० अंकका साथ तेस्रो स्थानमा रहेको छ । गएराती भएको खेलमा । ९ खेलबाट १८ अंक जोडेको रियाल मड्रिड छैटौं स्थानमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू