अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

इंग्लीश प्रिमियर लिगः लिभरपूल र म्यान्चेस्टर युनाईटेड विजयी, लिभरपूल शीर्ष स्थानमा

बिआरटीनेपाल २०७६ कार्तिक १० गते २२:३० मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपूल र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । गएराती भएको खेलमा शिर्ष स्थानको लिभरपूलले टोटनह्याम हट्सपरलाई २–१ ले हरायो । लिभरपूलको मैदान एन्फील्डमा टोटनह्यामका ह्यारी केनले पहिलो मिनेटमै गोल गर्दैै पाहुना टोलीलाई शुरुवाती अग्रता दिए । तर दोस्रो हाफमा लिरभपूलका जोर्डन हेन्डर्सन र मोहोमद सालाहले एक एक गोल गर्दै टोलीलाई विजयी गराए ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले नरिच सिटीलाई ३–१ ले हराएको छ । म्यान्चेस्टर युनाईटेडको जितमा स्कट म्याक्टोमनी, मार्कस रास्फोर्ड र एन्टोनी मार्टियलको एक एक गोल सामेल थियो । गएराती भएको अर्को खेलमा आर्सनलले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्दा न्युकासल युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्स १–१ गोलको बराबरीमा रोकिएका छन् ।

प्रिमियर लिग फुटबलमा १० औं चरणका खेलहरु सकिंदा २८ अंकसहित लिभरपूल शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको २२ अंक छ भने २० ÷२० अंक जोडेका लेष्टर सिटी र चेल्सी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू