अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

गैरआवसीय नेपाली सङ्घका पदाधिकारी तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबिच भेटवार्ता

बिआरटीनेपाल २०७६ कार्तिक १० गते ९:०४ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डल सङ्घीय संसद्को गैरआवसीय नेपाली सङ्घका पदाधिकारी तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबिच भेटवार्ता

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त सहितको प्रतिनिधि मण्डल सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठबिच भेटवार्ता भएको छ । आज (२०७६ कार्तिक ८ गते शुक्रवार) सिंहदरबारमा भएको भेटमा सङ्घका नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारीको स्वागत गरिएको थियो । भेटका क्रममा विशेष गरी, गैर आवासीय नेपाली नागरिकताका विषयमा छलफल भएको थियो ।

सभापति श्रेष्ठले गैर आवासीय नेपाली नागरिकता सम्बन्धी संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने चरणमा रहेको र सो सम्बन्धी विधेयक संसद्मा हाल विचाराधीन रहेको स्मरण गराउनुभयो । विधेयकमा नागरिकता सम्बन्धी अन्य केही विवादहरू भए पनि गैर आवासीय नेपाली नागरिकता सम्बन्धी विषय भने विवाद नभएको उहाँको भनाई थियो । आउँदो हिउँदे अधिवेशनमा सो विधेयक पारित हुनेमा उहाँले विश्वास दिलाउनुभयो । विधेयक पारित भए लगत्तै कानुन निर्माणको चरणमा प्रवेश गर्ने भएकाले त्यस सम्बन्धमा आफ्नो सल्लाह सुझाव उपलब्ध गराउन समेत उहाँले आग्रह गर्नुभयो ।

भेटका क्रममा गैर आवासीय नेपाली सङ्घबाट अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरू डा. बद्री के. सी., मन के. सी. तथा सोनाम लामा, प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र पूर्व सचिव डीबी. क्षेत्री लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू