अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

सरकारलाई फेल गराउन प्रतिगामी तत्व लागेका छन्– अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ कार्तिक १० गते ६:४१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गरी फेल बनाउन प्रतिगामी तत्वहरु लागिपरेको बताउनुभएको छ । ती तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

अईतवार नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमि स्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेकपा र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भईरहेपनि त्यसलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने स्पष्ट पार्नुभयो । सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको प्रचण्डको भनाई थियो ।

सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले नेपाल संंवतलाई नेवारहरुको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवतका रूपमा लैजानुपर्ने औंल्याउँदै आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवत्कोे रूपमा घोषणा गरेको स्मरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू