अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

इङलिस प्रिमियर लिग – म्यान्चेस्टर सिटी र चेल्सी विजयी, ब्राइटनसँग एभर्टन पराजित

बिआरटीनेपाल २०७६ कार्तिक १० गते ६:३८ मा प्रकाशित

इङलिस प्रिमियर लिग फुटबलका गएराती सम्पन्न खेलहरुमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ३–० ले हराएको छ । सिटीका लागि राहिम स्टर्लीङ, केभिन डे ब्रायन र इके गुन्डोगानले एक एक गोल गरेका थिए । जितसँगै म्यान सिटीले शिर्ष स्थानको लिभरपुलसँगको दुरी ३ अंकमा सिमित गरेको छ । १० खेलबाट सिटीको २२ अंक भएको छ भने एक खेल कम खेलेको लिरभपुलको २५ अंक छ ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले बर्नलेलाई ४–२ ले हराएको छ । चेल्सीका लागि क्रिश्चियन पुलिसिकले ह्याट्रिक गर्दा विलियनले एक गोल थपे । गएराती ब्राइटनले एभर्टनलाई ३–२ ले हराउँदा वेष्ट ह्याम युनाइटेड र शेफिल्ड युनाइटेडले १–१ गोलको तथा वाट्फोर्ड र बर्नमाउथले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू