अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

पहिलोपटक काठमाडौं–बेइजिङ सिधा उडान सुरु

बिआरटीनेपाल २०७६ कार्तिक १० गते ६:३१ मा प्रकाशित

पहिलोपटक काठमाडौंदेखि उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेइजिङ सिधा हवाई उडान सुरु भएको छ । नेपाली र चिनियाँको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले आज बिहान बेइजिङले हालै सञ्चालमा ल्याएको डाक्सीङ विमानस्थलका लागि पहिलो व्यावसायिक उडान सुरु गरेको हो ।

६५ जना यात्रु बाकेर आज बिहान पहिलो उडान एच ९६६५ बेइजिङ उडेको हिमालयको प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । आज बिहान गएको जहाज राति पौने १० बजे काठमाडौं फर्किने तालिका रहेको उहाँले बताउनुभयो । हिमालय एयरलाइन्सले सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो रुटमा एकतर्फी न्यूनतम भाडा दर २४ हजार रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू