अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

सामाजिक सुरक्षा कोषलाई व्यवहारिक बनाउन महासंघको माग

बिआरटीनेपाल २०७६ कार्तिक ९ गते ८:३० मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई व्यावहारिक बनाउन सरकारसँग माग गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यावहारिक कठिनाइका कारण सो कोषमा आवद्ध हुने रोजगारदाताहरूमा समेत उत्साह नदेखिएको दावी पनि गर्नुभयो ।

विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको व्यावसायिक वातावरणको सूचकांकमा आएको सुधारले बाह्य लगानी भित्र्याउन उत्साह भरेको उल्लेख गर्दै गोल्छाले साना तथा मझौला उद्योग संचालनका लागि उत्साह भर्न आवश्यक कानुन निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू