अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

भरतमोहन अधिकारीको बैंक खातामा रहेको रकमबाट अक्षयकोष स्थापना हुने

बिआरटीनेपाल २०७६ कार्तिक ९ गते ८:२६ मा प्रकाशित

पूर्वउपप्रधान र अर्थमन्त्री तथा दिवंगत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । अधिकारीको प्रथम वार्षिकीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोष घोषणा गरिने भरतमोहन अधिकारी फाउण्डेशनले जनाएको छ।

फाउण्डेशनको तेश्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जिवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो। फाउण्डेशनका महासचिव पदम खतिवडाले १८ फागुनमा २५ लाख रुपैयाँबाट कोष सुरु गरिने जानकारी दिनुभयो । दिवंगत हुनुअघि अधिकारीले पारिवारिक सदस्यहरुलाई आफ्नो बैंक खातामा रहेको २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिन भनेकाले उहाँको चाहना पूरा गर्न सो निर्णय गरिएको खतिवडाले बताउनुभयो ।

कोषबाट प्राप्त ब्याज आम्दानी रकमबाट हरेक वर्ष पिताको वार्षिकीका दिन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा क्षेत्र, सहकारीताका क्षेत्रमा विशेष योगदान गर्ने एक जनालाई क्रमशः पुरस्कृत गर्दै जाने अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिनुभयो । प्रतिष्ठानले आगामी १८ फागुनमा पहिलो वार्षिकी पारेर ‘हाम्रो नजरमा भरतमोहन’ नामका स्मृति ग्रन्थ (पुस्तक) पुस्तक समेत सार्वजनिक गर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू