अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

जापानमा प्रदर्शनीका क्रममा १८ लाख डलरको हिरा चोरी

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ९:३४ मा प्रकाशित

जापानको राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीको क्रममा १८ लाख अमेरिकी डलर बराबरको बहुमूल्य हिरा चोरी भएको छ । हिरा चोरी भएपछि जापानी प्रहरीले शुक्रबार खोजी कार्यलाई तीव्र बनाएको छ ।

टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हिरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । योकोहामा सहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हिरा चोरिएको हो।

उक्त हिरा करिब ५० क्यारेटको थियो। प्रदर्शनीमा जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना राखिएका थिए। जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हिरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला मच्चिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू