अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ९:२५ मा प्रकाशित

एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ । गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फामाथि आर्थिक जरिवाना तिराउने निर्णय गरेको हो ।

मलेसियाको क्वालालाम्पुरस्थित एएफसीको केन्द्रिय कार्यालयमा बसेको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई १० हजारको आर्थिक जरिवाना गर्ने निर्णय गरेको एएफसीले जनाएको छ । एएफसीका अनुसार क्लब लाईसेन्सिङ नियमावली अनुसार एन्फाले गलत तरिकाले क्लबलाई लाईसेन्स दिएको भेटिएको हो ।

फिफाले एएफसीले सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाईसेन्सिङ प्रणाली लागु गर्न भनेको थियो । सोही अनुसार एन्फाले ए डिभिजन लिग खेल्ने ९ क्लबलाई लाईसेन्सका लागि प्रस्ताव गरेको थियो । सोही अनुसार एएफसीले नेपालका ९ क्लबलाई क्लब लाईसेन्स प्रदान गरेको थियो । एएफसीले क्लब लाईसेन्स पाएका टिमलाई मात्र एएफसीको आधिकारिक प्रतियोगितामा सहभागीता गराउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू