अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

भारतको कश्मीरको शोपियामा दुई जना ट्रक चालकको हत्या

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ९:२५ मा प्रकाशित

भारत प्रशासित कश्मीरको शोपिया जिल्लामा आतंकवादीहरुले दुई जना ट्रक चालकको हत्या गरेका छन् । पछिल्लो दुई हप्तामा ट्रक चालकमाथि यो तेस्रो हमला हो ।

प्रहरीका अनुसार राजस्थान, पञ्जाब र हरियाणाबाट आएका तीनवटा ट्रक शोपिया जिल्लाको चित्रा गाउँमा ढुवानीका लागि गइरहेका थिए । त्यसक्रममा उनीहरुमाथि गोली प्रहार हुँदा दुई चालकको मृत्यु भएको हो भने एक जना घाईते भएका हुन् ।

मृतक एक जना राजस्थानमा मोहोमद इलियास हुन भने अर्को एक जनाको शनाखत हुन सकेको छैन । अहिलेसम्म यो हमलाको जिम्मेबारी कसैले लिएको छैन । प्रहरीले आतंकवादी संगठन हिजबुल मुजाहिद्दिनले घटना गराएको आशंका गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू