अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

प्रशासनद्धारा राति १० बजेपछि देउसी / भैलो खेल्न रोक

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ९:१३ मा प्रकाशित

सरकारले राति १० बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरुले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएका हुन् ।

स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल पुर्याएकोे अभियोगमा कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । देउसी/ भैलोलगायतका कार्यक्रममा अरुलाई नकारात्मक असर पुग्नेगरी कुनैपनि गतिविधि नगर्नसमेत स्थानीय प्रशासनले सचेत गराएको हो । तिहारमा सार्वजनिक आवागमनलाई अवरोध पुग्नेगरी समेत कुनैपनि कार्यक्रम नगर्न स्थानीय प्रशासन कार्यालयहरुले कार्यक्रम आयोजकलाई निर्देशन दिएका छन् ।

तिहारको समयमा पटका, आतासबाजी, रकेट जस्ता बारुद तथा विस्फोटकजन्य वस्तु ओसारपसार तथा बेचबिखन गर्नेमाथि समेत नियन्त्रणमा लिएर कारबाही गरिने प्रहरीले जनाएको छ । बारुदजन्य पदार्थ ओसारपसार तथा बिक्रिवितरण नियन्त्रण गर्न सादा पोशाक र गस्तीसहितको प्रहरी टोली खटाईएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की, काठमाण्डौं, ललितपुर र भक्तपुर लगायतले पनि सांस्कृतिक पर्वका नाममा हुनसक्ने उत्श्रृंखल गतिविधि नियन्त्रणमा कडाई गर्न प्रहरीलाई निर्देशन दिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू