अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

म ओरिजिनल माओवादी होइन– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ९:११ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको बताउनुभएको छ । विराटनगरमा दसैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्वको अवसरमा शुक्रवार आयोजित शुभकामना आदन–प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन मा गएको बताउनुभयो ।

मदन भण्डारी पुष्पलाल समूहबाट कोअर्डिनेशन केन्द्रमा गएको घटनासँग तुलना गर्दै प्रचण्डले आफुपनि चौथो महाधिवेशनको मदन भण्डारी रहेको तर, ओरिजिनल चौम र मसाल र माओवादी नभएको स्पष्ट पार्नुभयो । कोअर्डिनेशन केन्द्रको नभए पनि मदन भण्डारीलाई आत्मसात गर्न त्यतिबेलाको मालेले कुनै सङ्कीर्णता नदेखाएको उल्लेख गर्दै उहाँले त्यतिबेलाका पार्टी नेतृत्वले झापा विद्रोहको मान्छे नै चाहिन्छ नभनेको स्मरण गर्नुभयो ।

झापा विद्रोह, कोअर्डिनेशन केन्द्रको लिगेसी बोकेकाहरू कहाँ भएको र पुष्पलाल समूहबाट आएका मदन भण्डारीले पार्टीको नेतृत्व गरेको प्रचण्डको भनाई थियो । तत्कालीन मसालले २०४३ सालमै सशस्त्र सङ्घर्षको थालनी गर्ने तयारी गरेको तर सेक्टर काण्डपछि सशस्त्र सङ्घर्षको योजना विफल भएको प्रचण्डले बताउनुभयो । उहाँले दिमाग आफूमा र मदन भण्डारी दुवैमा रहेको त्यतिबेला दुवै जनाले कम्युनिस्ट पार्टीलाई एकतावद्ध बनाउन प्रयत्न थालेको स्मरण गर्नुभयो ।

२०४६ सालको परिवर्तनपछि तत्कालीन माले नेकपा एमाले बनेसंगै तत्कालीन नेकपा मसाल नेकपा एकताकेन्द्रमा रूपान्तरित भएको प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू