अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

भारतबाट एकैसाथ पाँच बालबालिकाको उद्धार

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ८:२८ मा प्रकाशित

चन्द्रौटा, विभिन्न समयमा भारतको गोरखपुर पुगेका पाँच बालबालिकालाई शान्ति पुनर्स्थापना गृहले उद्धार गरेको छ । उद्धार गरिएका बालबालिका १२ देखि १७ वर्षका छन् । पीआरसीले कपिलवस्तुका ३ बालक र रुपन्देहीका दुई बालिकालाई गोरखपुरबाट उद्धार गरी नेपाल फर्काएको हो ।

कपिलवस्तुको कृष्णनगरस्थित एक विद्यालयमा अध्ययनरत दुई बालक १४ वर्षे हजरत अलि र वर्ष १४ कै जियाउल मुस्तफा विद्यालय छुट्टीपछि ट्रेन हेर्न भारतको बढनी पुगी ट्रेन चढे । विडम्बना तत्काल ट्रेन चलेपछि उनीहरू गोरखपुर पुगे । स्टेसनमा ट्रेनबाट उर्लेपछि यताउता भौँतारिए ।खानका लागि समेत उनीहरूसँग पैसा नहुँदा होटेलमा काम गर्न थाले । तर भारतमा बालबालिकाहरूलाई बालश्रममा लगाउन नपाइने कडा नियम भएकाले भारतीय प्रहरीमार्फत उनीहरूलाई गोरखपुर स्थित राजकीय बालगृहको जिम्मा लगाइएको थियो ।

हजरत अलि शिव राज नगरपालिका वडा नं. ७ निवासी सराफत हुसेनका छोरा हुन् । उनी कृष्ण नगरमा बसेर पढ्दै आएका थिए । उनलाई पूर्व मन्त्री ईश्वर दयाल मिश्रले दिएको सूचनाका आधारमा पीआरसीले साताअघि उद्धार गरी नेपाल फर्काएको थियो । जियाउल मुस्तफा भने कृष्णनगर १० निवासी जुबेद आलम मुसलमानका छोरा हुन् । यता भारतमा आफन्तकहाँ गएका महाराजगन्ज नगरपालिकाका अस्गरी मुसलमानका १३ वर्षे छोरा एहसान भनिने अलिकाली मुसलमान भारत स्थित आनन्द नगर स्टेसनमा एक्लै घुमिरहेका बेला एक वर्कसपमा लगिएको थियो । भारतीय प्रहरीले ती बालकलाई फेला पारी उद्धार गरेर गोरखपुर राजकीय बाल गृहमा पठाएको थियो ।

यस्तै रुपन्देही बुटवल उप महानगरपालिका ३ कि १७ वर्षीय अमृता (नाम परिवर्तन) र सिद्धार्थनगर नगरपालिका ३ कि १२ वर्षीय निशा (नाम परिवर्तन) लाई दुई बालक सहित ४ जना बालबालिकालाई पीआरसी कपिलवस्तुका संयोजक भूमिराज भट्टराईले एकैसाथ उद्धार गरी नेपाल फर्काएको बताएका छन् । शान्ति पुनर्स्थापना गृह कपिलवस्तुका संयोजक भूमिराज भट्टराई बिहीबार गोरखपुर पुगी ती बालबालिकाहरूको उद्धार गरेका छन् हुन् । अभिभावकसहित गोरखपुर पुगेर बिहीबार नै उद्धार गरी राति नै नेपालको कपिलवस्तु कृष्णनगर ल्याइपु¥याएको भट्टराईले जानकारी दिए । नेपाली दूतावासबाट उद्धारका लागि विस्तृत विवरणसहितको पत्र लिएर अभिभावक सहित त्यहाँ पुगी ती बालबालिकाहरूको उद्धार गरेको उनले बताए । साताअघि एक बालकलाई उद्धार गर्ने क्रममा अझै त्यहाँ चार बालबालिका रहेको जानकारी पाएसँगै पुनः उनी उद्धारका लागि प्रक्रिया अघि बढाएको बताएका छन् ।

एकैसाथ उद्धार गरिएका ४ बालबालिकामध्ये दुई बालकहरूलाई बिहीबार राति नै परिवारको जिम्मा लगाई घर पठाएको भट्टराईले बताए । रुपन्देहीका दुई बालिकालाई भने शुक्रवार परिवारको जिम्मा लगाई घर पठाएको उनले जानकारी दिए । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू